arrow

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा, चावहिलमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
uml-sachibalaya-82-12-14.jpg

काठमाडौँ। नेकपा एमाले सचिवालयको आकस्मिक बैठक बसेको छ । बैठक पार्टी मुख्यालय च्यासलमा बसेको हो । पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाइएको हो ।

एमाले नेताहरूले अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन् । पार्टीले राजनीतिक प्रतिवाद गर्ने र कानूनी लडाइँ लड्ने नेताहरूको भनाइ छ ।

यता ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहिल क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ