arrow

केपी ओली पक्राउ परेसँगै बर्तौलाले भने - सरकार भयानक षड्यन्त्रमा लाग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
mahesh-bartaula-uml.jpg
तस्बिर : फाइल

काठमाडौँ । बालेन सरकारले शनिबार बिहानै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेसँगै तरंग पैदा भएको छ । 

ओली पक्राउपछि एमालेका नेता महेष बर्तौलाले सरकार भयानक षड्यन्त्रमा लागेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले 'सरकार स्वयम् नै मुलुकलाई अस्थिरता, मुठभेड र द्वन्द्वतर्फ धकेल्न भयानक षडयन्त्रमा लाग्यो'भनेका छन् । 

उनले अगाडि भनेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो रूपमा दुई तिहाई शक्तिको दम्भ र उन्माद प्रदर्शन गर्दै  क्रुर प्रतिशोध तर्फको यात्रा प्रारम्भ गरेको छ । यसबाट सरकार स्वयम् नै मुलुकलाई अनन्त अस्थिरता , मुठभेड र द्वन्द्वतर्फ धकेल्न भयानक षड्यन्त्रमा लागेको उजागर भएको छ ।'

बर्तौलाले  यो अत्यन्तै आपत्तिजनक र खेदजनक भएको भन्दै मुलुकका सबै देशभक्त र लोकतान्त्रिक राजनीतिक शक्तिहरूले सरकारको यसप्रकारको बदनियतपूर्ण हर्कतको सशक्त विरोध र प्रतिवाद  गर्न जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ