arrow

ठमेलमा सुनिए तीन मुक्तककार 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
muktakkar-sunkoshi-82-121-13.jpg

काठमाडौँ । मुक्तककार रामसुन्दर देउजा,पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रुपमा मुक्तक सुनाएका छन् ।

राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त  मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए । उनले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सुत्रात्मक अभिव्यक्ति दिने बताए ।

अनुभूति,भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमको रुपमा मुक्तक रहेको बताउँदै अन्य रचनाको तुलनामा मुक्तकमा विम्ब,प्रतीक, अलङ्कार,ध्वनि प्रयोग हुने जानकारी दिए । मुक्तक जुनसुकै विषयमा पनि लेख्न सकिने उनको ठोकुवा छ ।

मुक्तक प्रतिष्ठानले मुक्तक सम्बन्धमा प्राडा लक्ष्मणप्रसाद गौतमको अगुवाईमा सिद्धान्त निर्माण गरी पुस्तकसमेत प्रकाशन गरेको छ ।

उनले आफ्ना केही थान मुक्तकसमेत सुनाए । 
 
यसैगरी लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले कार्यक्रम सुन्दर रहेको,मुक्तककारहरूका मुक्तकहरू समसामयिक विकृतिविरुद्ध लक्षित देखिएकामात्र नभएर देशप्रेम,माटोको माया,भावना,प्रेम,सम्बन्ध लगायतका विषयमा प्रस्तुत भएको बताए ।
 
छविरमण सिलवालले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको सक्रिय सहभागिताको अपेक्षा गरे । 

कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गर्दै मुक्तककारहरूको छोटो परिचयसमेत दिएका थिए ।

वाचित मुक्तकहरु विषयगत रुपमा विविधता रहेका थिए । मुक्तकहरुमा देशप्रेम,मायाप्रेम, समसामयिक विकृति र विसंगतिप्रति तिव्रतर रोश र व्यङ्ग्य व्यक्तिएका थिए ।

चिवहालःगौचर परिवारको सहकार्यमा भएको कार्यक्रमको मिडिया पार्टनर इखवर नेट रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ