कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बालेन सरकारको निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
978
Shares
काठमाडौँ । सरकारले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
शुक्रबार मात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो । उनले शुक्रबार चार ओटा निर्णय गरिएको बताए ।
यी हुन् शुक्रबार भएका मन्त्रिपरिषद् बैठकका चार ओटा निर्णयहरूः
१. जसमा २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने ।
२. सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने ।
३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।
४. भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।