नरेन्द्र मोदीले बालेनलाई दिए बधाई, नजिकबाट काम गर्न तत्पर रहेको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
944
Shares
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्सबाट बालेनलाई बधाई दिएका हुन् ।
मोदीले बालेनको प्रधानमन्त्रीमा भएको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए । उनले दुई देशका जनताको पारस्परिक हितको लागि भारत-नेपाल मित्रता र सहयोगलाई अझ उच्च उचाइमा पुर्याउन नजिकबाट काम गर्न तत्पर रहेकोसमेत विश्वास दिलाएका छन् ।
यस्तो छ मोदीको बधाई सन्देशः
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई जनताको पारस्परिक हितको लागि भारत-नेपाल मित्रता र सहयोगलाई अझ उच्च उचाइमा पुर्याउन तपाईंसँग नजिकबाट काम गर्न म तत्पर छु।