arrow

स्वर्णिम अर्थ, सुदन गृह र अमरेश उद्योगमन्त्री बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
sudan-shwornim-amresh.jpg

काठमाडौँ । वालेन्द्र साह बालेन नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरूको नाम सार्वजनिक हुन थालेको छ। जसअनुसार उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री र नेता शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने भएका छन्।

यसैगरी रास्वपाले सुदन गुरुङलाई गृहमन्त्री बनाउने भएको छ । जेन-जी आन्दोलनसँगै उदाएका गुरुङ गोरखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

यसैगरी नेतृ सोबिता गौतम कानून मन्त्री बन्ने पक्का भएको बताइन्छ । यस्तै, अमरेशकुमार सिंह पनि मन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सिंहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने भएको छ।

गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ मा पराजित गरेका थिए।

यस्तै रास्वपाले समानुपातिक सांसद प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने भएको छ। उनले रास्वपाको सहप्रवक्ताको जिम्मेवारी सम्हालिरहेकी छन्।

यता सांसद विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्ने भएका छन्। उनी यसअघि युवा तथा खेलकुदमन्त्री बनेका थिए । 

फागुन २१ म भएको प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ