arrow

देश र जनताको हितमा हुने सरकारका काममा पूर्ण समर्थन रहनेछ : सुहाङ नेम्वाङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
suhang-12-12.jpg

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले मुलुक र जनताको हितमा हुने हरेक निर्णयमा अब बन्ने नयाँ सरकारलाई आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सांसद नेम्वाङले सरकारले जनपक्षीय काम गरेसम्म एमाले साथमा रहने तर काममा कमीकमजोरी देखिएमा रचनात्मक सुझाव र सल्लाह दिने बताए। उनले भने, "देश र जनताको हितमा काम गर्नुपर्छ, मलाई विश्वास छ नयाँ सरकारले त्यो गर्नेछ। उहाँहरूले राम्रो काम गर्दा हामी साथ दिन्छौँ, कतै त्रुटि देखिएमा रचनात्मक हिसाबले सम्झाउने र सल्लाह दिने काम गर्छौँ।"

'जेन–जी' आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा नेम्वाङले सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै पार्टीले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउने बताए। हाल सञ्चारमाध्यममा आएका कुराहरूका आधारमा मात्रै टिप्पणी गर्नुभन्दा सरकारको आधिकारिक घोषणा कुरिरहेको उनले उल्लेख गरे।

इलाम क्षेत्र नं. २ बाट निर्वाचित युवा सांसद नेम्वाङले संसद्मा युवाहरूको आवाज र जनचासोका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ