arrow

राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र गरिबी निवारण नै अबको मुख्य एजेन्डा: सांसद थेवे

बलियो अर्थतन्त्र र गरिबी निवारणका लागि एमालेको भूमिका प्रभावकारी हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
xitij-thebey.jpg

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित सांसद क्षितिज थेवेले मुलुकको समृद्धिका लागि संसद्मा आफ्नो पार्टीले रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ ग्रहणअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र गरिबी निवारण नै अबको मुख्य एजेन्डा हुनुपर्नेमा जोड दिए।

सांसद थेवेले फागुन २१ गतेको आम निर्वाचनबाट दुई तिहाइको भारी जनादेश प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सफल कार्यकालको शुभकामना समेत दिए। उनले यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिको दिशामा सदुपयोग गर्न सुझाव दिँदै अब बन्ने सरकारले जनताका आकाङ्क्षा पूरा गर्नुपर्ने बताए।

'जेन–जी' आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका सन्दर्भमा सोधिएको प्रश्नमा थेवेले सरकारको आधिकारिक धारणा आएपछि मात्रै आफ्नो प्रतिक्रिया दिने स्पष्ट पारे। "अहिले मिडियामार्फत केही कुराहरू सार्वजनिक भएका छन्, तर सरकारले औपचारिक रूपमा प्रतिवेदन बाहिर ल्याएको छैन," उनले भने, "सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै हामी हाम्रो धारणा राख्नेछौँ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ