एनआईसी एशिया र स्तुपा कम्युनिटीबीच सम्झौता: बैङ्कका ग्राहकहरूलाई अस्पतालमा १५ प्रतिशत छुट
अस्पतालका शेयर होल्डर तथा कर्मचारीहरूलाई क्रेडिट कार्डमा सुविधा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
430
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैङ्कका ग्राहकहरू तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरूलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ। उक्त समझदारी पत्रमा बैङ्कको तर्फबाट सर्कल हेड–काठमाडौँ नर्थ सुदिन कुमार लामाज्यू र हस्पिटलका तर्फबाट निर्देशक डा.पेम्बा लामाले हस्ताक्षर गरेका छन्।
यस समझदारीसँगै बैङ्कका ग्राहकहरूले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सकिने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरूले यस बैङ्कको क्रेडिट कार्डमा उपलब्ध सेवाहरू प्राप्त सकिने बैङ्कले जनाएको छ।
साथै, ग्राहकहरूको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा यस बैङ्कको एटिएम सेवा सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख छ।
ग्राहकहरूलाई परिष्कृत र सुलभ बैङ्किङ सेवा प्रदान गर्ने निरन्तरताको प्रयास स्वरूप बैङ्कले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैङ्कका ग्राहकहरू तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डरहरूलाई सेवा सुविधामा थप सहज र सुलभ हुने बैङ्कले विश्वास लिएको छ।