arrow

इटहरीस्थित पूर्वाञ्चल क्याफे र आइसक्रिम पार्लरमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
aaglagi-itahari.jpg

सुनसरी । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका-६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो ।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।

इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट दमकल मगाउनुपरेको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ