arrow

अमेरिकाले इरानलाई हराएको ट्रम्पको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
trump-always101.jpg

वाशिंगटन डीसी । आज अमेरिका-इजरायल-इरान युद्धको २६ औँ दिन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकाले युद्ध जितेको दाबी गरेका छन् । ह्वाइटहाउसमा मिडियासँग कुरा गर्दै उनले इरानले आणविक हतियार विकास नगर्न सहमत भएको बताए । 

उनले इरान सम्झौताको लागि तयार भएको बताउँदै अमेरिकी विमानहरू तेहरानमाथि उडिरहेका बताए । ट्रम्पले भने, 'लगातार आक्रमणहरूपछि इरान पूर्ण रूपमा कमजोर भएको छ र सम्झौता गर्नुको विकल्प छैन। दुई देशहरू बीचको वार्ता जारी छ, र शीर्ष अमेरिकी अधिकारीहरू पनि संलग्न छन् ।'

ट्रम्पले इरानले अब वार्तामा समझदारी देखाउँदै रहेको र चाँडै सम्झौता हुन सक्ने बताए । यद्यपि उनले यो पनि स्पष्ट पारे कि यदि वार्ता असफल भयो भने अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, विशेष गरी पावर प्लान्टहरूमा फेरि आक्रमण गर्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ