arrow

कांग्रेस बैठक शुरू, सभापति थापाको सम्बोधन [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक औपचारिक रुपमा आफ्नो धारणा राखिरहेका छन् ।  

सभापति थापाले आफूले दबाबमा नभइ इमानका साथ राजीनामा दिएको र केन्द्रीय कार्यसमितिले अस्वीकार गरेपछि पुनः जिम्मेवारीमा फर्केको बताए । 

उनले आफूले फागुन २१ को हारको जिम्मा लिएको बताए । 

बैठक पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बसिरहेको छ । गत चैत ६ र ८ गते बसेको बैठकले चुनावी समीक्षा गर्दै सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो । राजीनामा अस्वीकृत भएसँगै थापाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

योसँगै उनी जिम्मेवारीमा फर्केका छन् ।




लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ