arrow

पोखरामा भव्य ‘दोस्रो नाडा प्रजेन्ट्स वाडा अटो शो २०२६’ : ४५ हजार अवलोकनकर्ताको अपेक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
second-pokhara-ward-autoshow-march-2026.jpg

पोखरा। पहिलो संस्करणको अभूतपूर्व सफलता र दर्शकको व्यापक सहभागितापछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले ‘दोस्रो नाडा प्रजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना गर्दै छ।

यो भव्य प्रदर्शनी चैत्र ११ गतेदेखि १५ गतेसम्म (५ दिन) नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइड, ताल बाराही चोकस्थित खेल मैदानमा हुनेछ। पोखरा महानगरपालिकाको प्रवर्द्धनमा आयोजना हुने यो प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गरेको छ।

प्रदर्शनीलाई थप आकर्षक बनाउन राइड इनर्जी (पावर्ड बाई), शिखर इन्सुरेन्स (इन्सुरेन्स पार्टनर), दीर्घायु पोखरा हस्पिटल (हस्पिटल पार्टनर), खल्ती एप (टिकटिङ पार्टनर), युनियन पे (क्यूआर पार्टनर) लगायत टेम्पल बेल, पोखरा इन्टरनेट, हिटको प्रा.लि., सिटिजन फर्निचर र पोखरा क्रिएटिभ्स जस्ता प्रतिष्ठित संस्थाहरूले प्रायोजन गरेका छन्।

मुख्य आकर्षणहरू :

  • १६ ब्रान्डका चारपाङ्ग्रे सवारी साधन
  • ६ ब्रान्डका लाइट कमर्शियल सवारी
  • १० ब्रान्डका दुईपाङ्ग्रे सवारी
  • १ हेभी कमर्शियल सवारी
  • लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, एक्सेसरी र वित्तीय संस्थाका २० वटा स्टल

विशेष आकर्षण : नेपालमा पहिलो पटक भिन्टेज कार शो (ऐतिहासिक पुराना मोडलका कारहरूको प्रदर्शनी)

प्रमुख ब्रान्डहरू : बिआइडी, ह्युन्डाइ, किया, सुजुकी, टाटा, रोयल इनफिल्ड, टीभीएस, यामाहा, एमजी, निसान, प्रोटन, ओमोडा जेको, स्काईवर्थ, एसएमएल-इसुजु, लिप मोटर, डिपाल, चेरी, ग्यारो, कामा, जोन्टेस, एथर, एम्पियर, एयुकवेल, चेतक, डोङफेङ, फर्थिङ, काइयी, म्याक्सस, न्यु गोनो, एक्सप्रेस-टी लगायत ।

आयोजकका अनुसार यस पटक झन्डै ४५ हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ। खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० सामान्य टिकटमा २५ प्रतिशत छुट र पहिलो १०० विद्यार्थी टिकट पूर्ण रूपमा निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ।

यो प्रदर्शनीले अटो व्यवसायको प्रवर्धन, आधुनिक प्रविधिको जानकारी, क्षेत्रीय बजार विस्तार, नेपालमा उत्पादन सम्भावना र आन्तरिक पर्यटनलाई टेवा दिने मुख्य लक्ष्य राखेको छ। पोखराको पर्यटकीय वातावरणमा हुने यो अटो शोले स्थानीय अर्थतन्त्रलाई समेत उकास्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ