arrow

ट्रम्पको आकस्मिक निर्णय: इरानमाथिको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित

इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
trump-always101.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि नगर्न आदेश दिएका छन्। तेहरानसँग भएको ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि उनले आफ्नो पूर्व चेतावनी बमोजिमको कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई निर्देशन दिएका हुन्।

सोमबार बिहान आफ्नो 'ट्रुथ सोसल' प्लेटफर्ममार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, “संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुताको पूर्ण समाधानका बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।”

ट्रम्पका अनुसार यो हप्ताभरि नै दुई देशबीच रचनात्मक वार्ता जारी रहनेछ। वार्ताको यही सकारात्मक वातावरणलाई ध्यानमा राख्दै उनले इरानका ऊर्जा प्लान्ट र पूर्वाधारमा हुने सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न 'युद्ध विभाग' (पेन्टागन) लाई निर्देशन दिएका हुन्।

यद्यपि, यो स्थगन स्थायी भने होइन। राष्ट्रपति ट्रम्पले यो निर्णय आगामी बैठक र छलफलको सफलतामा निर्भर हुने प्रस्ट पारेका छन्। उनले भनेका छन्, “यो निर्णय बैठक र छलफलको नतिजा कस्तो आउँछ, त्यसमै आधारित हुनेछ।”

विगत केही समयदेखि अमेरिका, इजरायल र इरानबीच युद्धको छाया मडारिइरहेका बेला ट्रम्पको यो पछिल्लो कदमलाई विश्व राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ। यो हप्ता हुने थप वार्ताले मध्यपूर्वको भविष्य र इन्धन संकट समाधानमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ