ट्रम्प इरानसँग युद्धविराम वार्ता गर्न इच्छुक, इरानका दुई सर्त
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
3.5k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले इरानसँग युद्धविराम वार्ता गर्न चाहेको बताएको छ । ट्रम्पका सल्लाहकारहरू जारेड कुशनर र स्टीव विटकफ पनि यस प्रयासमा संलग्न रहेका छन्। यो जानकारी एक्सियोस न्यूजले प्रदान गरेको हो ।
यद्यपि इरानले वार्ताका लागि सर्तहरू राखेको छ: युद्ध रोक्ने र आफ्नो क्षतिको क्षतिपूर्ति । इरानले भविष्यमा फेरि आक्रमण नगर्ने दृढ ग्यारेन्टीको पनि माग गरेको छ।
अर्कोतर्फ ट्रम्पले स्पष्ट पारेका छन् कि उनी इरानका सबै सर्तहरू, विशेष गरी क्षतिपूर्तिको माग स्वीकार गर्न अझै तयार छैनन् । अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता हाल भइरहेको छैन । यद्यपि इजिप्ट, कतार र बेलायत जस्ता देशहरूले मध्यस्थकर्ताको रूपमा काम गरिरहेका छन् ।
अमेरिका चाहन्छ कि इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम अस्थायी रूपमा बन्द गरोस्, युरेनियम संवर्धन बन्द गरोस् र आफ्नो आणविक सुविधाहरू ध्वस्त पारोस् । यसका साथै इरानले हिज्बुल्लाह र हमासलाई आर्थिक सहयोग गर्न बन्द गर्नुपर्नेसमेत बताएको छ ।
इरानले ब्रिक्स देशहरूलाई आक्रमण रोक्न भूमिका खेल्न आग्रह गरेको छ ।
इरानी राष्ट्रपति मसूद पज्दाकियानले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत फोनमा कुरा गरेका छन् । उनले इरानमाथि आक्रमण रोक्न ब्रिक्सले भूमिका खेल्नुपर्ने बताएका छन् ।
इरानी राष्ट्रपतिले मध्यपूर्वी देशहरूले संयुक्त रूपमा नयाँ सुरक्षा प्रणाली सिर्जना गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
आज अमेरिका-इजरायल र इरान युद्धको २३ औँ दिन हो । यो युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।