arrow

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
weather-satellite-image-mfd.jpg

काठमाडौँ । चीन मौसम विज्ञान प्रशासनले शनिबार आफ्नो अत्याधुनिक उपग्रह ‘फेंग्युन–४सी’ बाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ। यससँगै सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समयअनुगमन गर्ने चीनको स्वतन्त्र र शक्तिशाली क्षमता प्रदर्शन भएको छ।

प्रशासनका अनुसार यस उपग्रहमा जडित छ वटा उपकरणहरू अन्तर्राष्ट्रिय स्तरका उन्नत प्रविधिमा आधारित छन्। सार्वजनिक गरिएका तस्बिरहरूले मौसम अनुगमन, वायुमण्डलीय अध्ययन, चट्याङको पहिचान, आयनमण्डल अवलोकन तथा सौर गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्न सक्ने यसको व्यापक क्षमता पुष्टि गरेका छन्।

यो नयाँ उपलब्धिले मौसम पूर्वानुमानको शुद्धता सुधार गर्न र अन्तरिक्ष मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। विशेष गरी साना तथा मध्यम स्तरका मौसमी प्रणालीहरूको निगरानी र पूर्वचेतावनी क्षमतामा यसले उल्लेखनीय सुधार ल्याउने बताइएको छ।

गत वर्ष डिसेम्बर २७ मा सिचुआन प्रान्तस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको 'फेंग्युन–४सी' हाल विश्वकै सबैभन्दा सक्षम भूस्थिर मौसम उपग्रहमध्ये एक मानिन्छ।

यसले अन्तरिक्ष मौसमका स्रोतहरूको अनुगमनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने मौसमजन्य विपद् न्यूनीकरणका लागि अग्रपङ्क्तिको सुरक्षा प्रणालीका रूपमा काम गर्ने विश्वास लिइएको छ। चिनियाँ अधिकारीहरूका अनुसार यस उपग्रहको पूर्ण सञ्चालनले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नागरिक सुरक्षामा ठुलो योगदान पुर्‍याउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ