arrow

खुल्यो याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
ipo-final.jpg

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयरमध्ये सात लाख कित्ता स्थानीयका लागि र दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ ।

स्थानीयतर्फ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

न्यूनतम् १० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम स्थानीयका लागि सात हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २१ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ