मिति २०८२ चैत ८ गते आइतबार, इस्वीसंवत मार्च २२ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको चतुर्थी तिथि रातिमा १२ः०७ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा भरणी रातिमा १ः३३ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वैधृति ३० घटि ३७ पलासम्म त्यसपछि विष्कुम्भ योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।
सूर्य मीन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३० घटि १८ पला अर्थात १२ घण्टा ०९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०७ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ७ः१९ बजे र अस्ताउने समय रातिमा ८ः४९ बजे रहेको छ । आज विश्व जल दिवस रहेको छ।
आजको राशिफल
मेषः आज समय शुभ छ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्य फाइदा हुनेछ । सुखद् समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।
वृषः आज समय खराब रहनेछ । धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भए पनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आज आमासँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुन सक्छ सजक रहनुहोला ।
मिथुनः आज समय शुभ छ । प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । सभा सभारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
कर्कटः आज समय मध्यम खालको छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।
सिंहः आज सिमय शुभ छैन । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केही समय पर्खनु उचित हुनेछ ।क
कन्याः आज समय शुभ छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसंगमा रमाउन चाहनेका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।
तुलाः आज समय शुभ छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । छुट्टिएका माया प्रेम पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ ।
वृश्चिकः आज समय शुभ छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुन सक्ने छ । उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ ।
धनुः आज समय भरोषा गर्न योग्य छैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर प्रेममा एकअर्कालाई विश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णय तपाईँको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु उपयूक्त हुनेछ ।
मकरः आज समय शुभ छैन । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधूपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।
कुम्भः आज समय शुभ छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विशेष शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ ।
मीनः आज समय उपयुक्त छैन । आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला । आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ । सतर्क हुन आवश्यक छ ।
साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः०९ बजेदेखि ७ः३९ बजेसम्म उद्धेग बेला
बिहान ७ः३९ बजेदेखि ९ः१० बजेसम्म चर बेला
बिहान ९ः१० बजेदेखि १०ः४० बजेसम्म लाभ बेला
बिहान १०ः४० बजेदेखि १२ः११ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः११ बजेदेखि १ः४३ बजेसम्म काल बेला
दिनमा १ः४३ बजेदेखि ३ः१४ बजेसम्म शुभ बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४३ बजेसम्म रोग बेला
दिनमा ४ः४३ बजेदेखि ६ः१४ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः१४ बजेदेखि ७ः४३ बजेसम्म चर बेला
साँझ ७ः४३ बजेदेखि ९ः१२ बजेसम्म लाभ बेला
राति ९ः१२ बजेदेखि १०ः४१ बजेसम्म अमृत बेला
राति १०ः४१ बजेदेखि १२ः११ बजेसम्म काल बेला
राति १२ः११ बजेदेखि १ः४० बजेसम्म शुभ बेला
राति १ः४० बजेदेखि ३ः०९ बजेसम्म रोग बेला
रातिमा ३ः०९ बजेदेखि ४ः३८ बजेसम्म चर बेला
रातिमा ४ः३८ बजेदेखि ०६ः०७ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।