arrow

लगातारको वर्षासँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा भारी हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
himpat-mustang-12-07.jpg

मुस्ताङ । विगत केही दिनदेखिको लगातारको वर्षासँगै मुस्ताङका उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपात भएको छ । शुक्रबारदेखि शुरू भएको हिमपातका कारण उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रको तापक्रम ह्वात्तै घटेको हो ।

हिमपातका कारण विशेषगरी लोमान्थाङ, छोसेर, लोघेकर दामोदरकुण्ड र मुक्तिनाथ क्षेत्रका गाउँहरू प्रभावित भएका छन् । कागबेनी–कोरला सडक खण्डका कतिपय स्थानमा बाक्लो हिउँ जमेकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।

प्रशासनले पदयात्री र तीर्थयात्रीहरूलाई सतर्क रहन आग्रह गरेको छ । लामो समयको खडेरीपछि भएको यो हिमपातले स्याउ, जौ र आलु खेती गर्ने किसानहरूलाई भने उत्साहित बनाएको छ ।

हिउँले जमिनमा ओस कायम राख्ने र कीराहरू नष्ट गर्ने भएकाले उत्पादन बढ्ने आशा गरिएको छ ।

स्थानीय प्रशासनले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र घरभित्रै सुरक्षित रहन सर्वसाधारणलाई सूचित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ