arrow

सर्लाहीबाट यस वर्ष ११ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
see-2080.jpg

काठमाडौं । आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्लाही जिल्लाबाट करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यस वर्षको परीक्षाका लागि जिल्लाभर तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ।

इकाईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्। जसमा नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ हजार ८६ जना परीक्षार्थी रहेको कार्यालयले उल्लेख गरेको छ। विद्यार्थीहरूको सहजतालाई मध्यनजर गर्दै जिल्लाका ३५ वटा स्थानमा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ