उनले प्रक्रियाका लागि भन्दै पटक-पटक गरी कुल १२ लाख रुपैयाँ रकम असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रकम बुझेपछि लामो समयसम्म न त विदेश पठाइन्, न त पीडितको सम्पर्कमा नै रहिन् ।
आफू ठगिएको महसुस गरेपछि पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले घिमिरेको खोजी शुरू गरेको थियो ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई चैत ३ गते काठमाडौँ महानगरपालिका-१४ बाट नियन्त्रणमा लिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) मनोहर प्रसाद भट्टका अनुसार पक्राउ परेकी घिमिरेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन र अपरिचित व्यक्तिलाई ठूलो रकम नबुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।