काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभातर्फको ४ जना समानुपातिक सांसदको नामावली टुङ्गो लगाएको छ। आइतबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त नामावलीलाई अन्तिम रूप दिएको हो।
बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोगमा नामावली बुझाएपछि मात्रै नामहरू सार्वजनिक गरिने जानकारी दिए। साथै, बैठकले मधेस प्रदेश सभामा रिक्त रहेको एक पदका लागि समानुपातिक सूचीको प्राथमिकता क्रममा रहेका दोस्रो उम्मेदवारलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय समेत गरेको छ।
राप्रपाले यस निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित एकमात्र सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई बधाई दिँदै पार्टीको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेको छ।