arrow

तुइन खोलाको पहिरो हेर्न 'फ्लड लाइट' जडान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
tuin-khola-light.jpg

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जोखिमयुक्त मानिएको तुइन खोला क्षेत्रमा 'फ्लड लाइट' जडान गरिएको छ। सडकमा माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै रातको समयमा पनि पहिरो र ढुङ्गा खसेको स्पष्ट देख्न सकिने गरी दुईवटा शक्तिशाली लाइटहरू जडान गरिएको हो।

सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा शनिबार यी लाइटहरू जडान गरिएको हो। यस प्रविधिले रातको समयमा यात्रा गर्ने चालक तथा यात्रीहरूलाई माथिबाट खस्न सक्ने पहिरोको पूर्वजानकारी पाउन र सतर्क रहन सहज हुने विश्वास लिइएको छ। श्रेष्ठले सडकखण्डमा यात्रा गर्दा 'ओभरटेक' नगरी संयमित भएर सवारी चलाउन चालक एवं यात्रीहरूलाई आग्रह समेत गरेका छन्।

गत शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिए पनि चालकको होसियारीले ठूलो क्षति हुन पाएको थिएन। तुइन खोला क्षेत्र गत वर्षायाममा पनि निरन्तर पहिरो खसेर पटक-पटक सडक अवरुद्ध हुने मुख्य विन्दु रहँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ