पितृशोकका बीच पनि नाम टुङ्ग्याउन अध्यक्ष ओली सक्रिय
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
2.8k
Shares
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा सचिवालयका सदस्यहरूको उपस्थिति रहेको छ।
अध्यक्ष ओलीलाई यतिबेला ठूलो पितृशोक परिरहेको छ। उनका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।
यस्तो व्यक्तिगत शोकको घडीमा पनि अध्यक्ष ओली पार्टीको महत्त्वपूर्ण कार्यसम्पादनका लागि बैठकमा सहभागी भएका हुन्।
यस बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिका बारेमा गम्भीर छलफल हुने बताइएको छ।
बैठकको मुख्य एजेण्डा हालै सम्पन्न निर्वाचनको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्ग्याउनु रहेको छ।
सचिवालय बैठकले नामहरूलाई अन्तिम रूप दिएपछि निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ। पिताको निधनको केही घण्टापछि नै अध्यक्ष ओली बैठकमा उपस्थित भएर राजनीतिक जिम्मेवारी सम्हालेका छन्।