arrow

चाम्लिङ राई भाषाको ‘बोखा’ शब्द बन्यो निर्वाचनमा सबैको साझा भाषा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
election-2082-new.jpg

काठमाडौँ ।  खोटाङमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चाम्लिङ राई भाषाको शब्द ‘बोखा’ (अर्थात् माटो) निकै चर्चामा रह्यो। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो चुनाव चिह्न ‘अञ्जुलीमा रहेको माटो’ लाई यही शब्दमार्फत मतदातामाझ पुर्‍याएपछि यसले राजनीतिक रूपमा मात्र नभई भाषिक रूपमा पनि ठूलो प्रभाव पार्यो। खोटाङका राई बाहुल्य क्षेत्रहरूमा ‘बोखाडा भोट’ (माटोमा भोट) भन्ने नारा जनजिब्रोमा झुण्डिन पुग्यो, जसले अन्ततः पुराना राजनीतिक दलहरूको बिरासतलाई नै चुनौती दियो।

निर्वाचनको परिणाम सार्वजनिक हुँदा श्रम संस्कृति पार्टीका महासचिव समेत रहेका उम्मेदवार आरेन राई १६ हजार ६१२ मत प्राप्त गर्दै विजयी भए। उनले एमाले खोटाङका अध्यक्ष देवविक्रम राईलाई ३ हजार ८९८ मतको अन्तरले पराजित गरे। निर्वाचनमा कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेकपाका डा. हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका थिए। १५ जना उम्मेदवारमध्ये ११ जनाको त जमानत नै जफत भएको छ।

खोटाङको यो निर्वाचन परिणामले स्थानीय भाषा र पहिचानको प्रभाव कति बलियो हुन्छ भन्ने प्रमाणित गरेको छ। श्रम संस्कृति पार्टी प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि १८ हजार १३७ मतका साथ जिल्लाको पहिलो दल बन्न सफल भएको छ। मातृभाषामा मतदातासँग संवाद गर्दा उनीहरूले नेतृत्वलाई थप विश्वास गर्ने र नजिक ठान्ने मनोविज्ञानले यसपटक खोटाङमा नयाँ राजनीतिक शक्तिको उदय गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ