नवनियुक्त फुटबल प्रशिक्षक एरेना भन्छन् – नेपाली खेलाडीहरू धेरै क्षमतावान छन्
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
979
Shares
काठमाडौँ । गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुशी लागेको बताए ।
स्वीटजरल्याण्डका उनले भने, ‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुशी भएको छु । मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनशिप जिताउने नै हो । म सन् २०२६ सम्म टिमको जिम्मेवारीमा रहनेछु । विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइकन अघि बढ्नेछु ।’
त्यस्तै उनले नेपाली खेलाडीहरू धेरै क्षमतावान रहेको बताउँदै आफ्नो प्रक्षिणमा उनीहरूलाई अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रशिक्षक एरेनाले आफ्नो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनमा हुने धारणा राखे ।
उनले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका थिए ।