arrow

पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्दै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
trump-20.jpg

काठमाडौँ । अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ ।

अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले ऊर्जाको मूल्य घटाउन आ-आफ्नो भण्डारबाट कुल ४० करोड ब्यारेल तेल र प्रशोधित उत्पादनहरू सामूहिक रूपमा निकाल्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा सर्वसम्मतिले सहमति जनाएको बताए।

राइटले यसै प्रयासको हिस्सास्वरूप राष्ट्रपति ट्रम्पले आगामी हप्तादेखि ऊर्जा विभागलाई रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख (१७२ मिलियन) ब्यारेल तेल निकाल्न अनुमति दिएका छन्।

योजनावद्ध निष्काशन दरका आधारमा यो आपूर्ति पूरा हुन करिब एक सय २० दिन लाग्नेछ ।

अमेरिकाले आगामी एक वर्षभित्र यी रणनीतिक भण्डारहरूमा करिब २० करोड ब्यारेल तेल पुनः प्रतिस्थापन गर्ने व्यवस्था मिलाएको पनि राइटले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ