arrow

अष्टलक्ष्मीको चिन्ता - निर्वाचनले अन्योल चिरे पनि स्थिरताको प्रश्न अझै कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
astalaximi-shakya.jpg

काठमाडौँ । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योल केही हदसम्म चिरे पनि स्थिरताको चुनौती अझै कायमै रहेको बताएकी छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन्।

नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने भन्दै सबै नेपालीलाई देशलाई माया गर्न र आपसी एकता कायम राख्न आह्वान गरिन्। संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य प्राप्त गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै उनले भनिन्, ‘अहिले निर्वाचनले एक खालको अन्योल त हटेको छ, तर स्थिरताको प्रश्न अझै छ। देशलाई सबैले माया गर्नुपर्छ, नेपाल रहे मात्र हामी नेपालीका रूपमा रहन्छौँ।’ उनले संविधानले महिलाका हक अधिकार सुरक्षित गरिसकेको अवस्थामा अब महिलाहरू चुप लागेर बस्न नहुनेमा जोड दिइन्।

नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरू राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताइन्। महिलाहरू विभिन्न पार्टीमा आबद्ध भए पनि राष्ट्रिय मुद्दामा उनीहरूको स्वर एउटै हुनुपर्ने उनको तर्क छ। उनले महिलाहरूलाई उद्यमशीलता र सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय हुन र एकले अर्कोलाई प्रेरित गर्दै देश निर्माणमा लाग्न आग्रह गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ