arrow

निर्वाचन परिणामलाई लिएर जथाभाबी नलेख्न रास्वपाको निर्देशन

उल्लंघन गरे कारबाही हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनको अन्तिम नतिजा आउँदै गर्दा सामाजिक सञ्जाल र अन्य माध्यमबाट जथाभाबी टीकाटिप्पणी नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज एक विज्ञप्ति जारी गर्दै जितको उत्साह वा परिणामको विषयलाई लिएर गैरजिम्मेवार अभिव्यक्ति नदिन सचेत गराएका हुन्। उनले जनताको अभिमतलाई उच्च सम्मान गर्दै जिम्मेवारपूर्ण रूपमा कार्यसम्पादन गर्न र संयमित रहन पार्टीपङ्क्तिलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले धैर्यपूर्वक अन्तिम नतिजाको प्रतीक्षा गर्न अनुरोध गरिएको छ।

अनुशासन आयोगले पार्टीको विधान, कार्यविधि र आचारसंहिता विपरीतका गतिविधि भए/गरेको भेटिएमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ। निर्वाचनको यस संवेदनशील घडीमा पार्टीको निर्देशनविपरीत सामाजिक सञ्जालमा उत्तेजक वा नकारात्मक टिप्पणी गर्ने जोकोहीलाई पनि आयोगले कारबाहीको दायरामा ल्याउने विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ