काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनियाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार बनियाँले २८ हजार ६६ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत पाएका छन्। बनियाँ र यादवबीच ७ हजार ८०४ मतान्तर रहेको छ।
यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्राले १५ हजार ६१३ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल १ लाख १६ हजार १७२ मतदाता रहेकामा ७६ हजार ८१२ मत खसेको थियो।
मधेसको महत्त्वपूर्ण क्षेत्र मानिने रुपन्देही ४ मा एमाले र कांग्रेसका पुराना नेताहरूलाई पछि पार्दै रास्वपाका बनियाँले आफ्नो पक्षमा नतिजा निकालेका हुन्। अहिले यस क्षेत्रमा रास्वपाका कार्यकर्ताहरूले खुसीयाली मनाइरहेका छन्।