कास्कीका तीन ओटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
607
Shares
पोखरा । कास्कीका तीन ओटै क्षेत्रमा रास्वपाका उम्मेद्वारले फराकिलो अग्रता कायम गरेका छन्। यहाँका तीन ओटै क्षेत्रमा कांग्रेस र एमाले निकै पछाडि परेका छन्।
कास्की १ मा रास्वपाका गनेश पौडेलले चार हजार ३३, नेपाली कांग्रेसका तिलक रानाभाटले एक हजार ६६५ र नेकपा एमालेका बैनबहादुर क्षेत्रीले दुई हजार ३५३ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले १८९ मत पाएका छन् ।
यसैगरी कास्की क्षेत्र नं २ मा रास्वपाका उत्तम पौडेलले छ हजार ४६६ मत ल्याउँदा एमालेका रश्मी आचार्यले दुई हजार ६९१ र काग्रेसका माधवप्रसाद बास्तोलाले एक हजार २२५ मत पाएका छन्। यहाँ नेपाली कम्युनिष्ट पार्टीका किरण थापाले ४८२ मत प्राप्त गरेका छन् ।
यता, कास्की क्षेत्र नं ३ मा रास्वपाकी बिना गुरुङले छ हजार ४७, कांग्रसका मनोज गुरुङले दुई हजार ९५९, एमालेका दामोदर बैरागीले एक हजार ७३७ मत पाएका छन् ।
यहाँ नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले २९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले २४० मत पाएका छन् ।