निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा भारतद्वारा बधाई
रासस,
प्रकाशित २०८२ फागुन २१ बिहिबार
662
Shares
तस्बिर : फाइल
काठमाडौँ। भारतले नेपालमा शान्तिपूर्ण रूपमा सफलतापूर्वक आमनिर्वाचन सम्पन्न गरेकामा बधाई दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा आज एक्समा भनेका छन्, “गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकार र नेपालका जनताका साथै सरोकारवालालाई बधाई दिन्छौँ।”
उनले उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको प्रयोग भएको उल्लेख गर्दै भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने तत्पर रहेको पनि बताएका छन्। प्रवक्ता जैसवालले भने, “आपसी हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ।”