arrow

प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाले व्यक्त गरे आभार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
gagan-82-11-21yyy.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा मतदाताहरूको सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको जनविश्वास पुनः पुष्टि गरेको बताएका छन्। बिहीबार साँझ एक वक्तव्य जारी गर्दै थापाले देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार प्रकट गरे।

उनले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्। थापाका अनुसार मतदाताको यो सक्रियताले एकातिर लोकतान्त्रिक प्रणालीलाई बलियो बनाएको छ भने अर्कोतिर राजनीतिक दल र आगामी सरकारलाई जनअपेक्षाअनुसार काम गर्नुपर्ने गम्भीर जिम्मेवारी सुम्पिएको छ।

थापाले केही निर्वाचन क्षेत्रमा भएका छिटफुट घटनाबाहेक देशभर समग्र रूपमा निर्वाचन शान्तिपूर्ण र सफल भएको उल्लेख गरे। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।

यसैगरी, निर्वाचन प्रक्रियामा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका कार्यकर्ता, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि थापाले आभार प्रकट गरे। मतदान सकिएसँगै अब सबैको ध्यान मतगणना र परिणामतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ