arrow

सर्लाही पुगे गगन थापा, बरहथवामा गरे निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
gagan-thapas.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा काठमाडौँको मैतीदेवीमा मतदान गरेलगत्तै आफ्नो निर्वाचन क्षेत्र सर्लाही आइपुगेका छन्। बिहानै काठमाडौँमा आफ्नो मताधिकार प्रयोग गरेर उनी सिधै सर्लाही ओर्लिएका हुन्।

सर्लाही पुगेलगत्तै थापाले यस क्षेत्रको वस्तुस्थिति र मतदानको अवस्था बुझ्न सुरु गरेका छन्। उनले सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने बरहथवा नगरपालिका वडा नं. २ को मतदान केन्द्रमा पुगेर निरीक्षण समेत गरे। निरीक्षणका क्रममा उनले मतदाता र निर्वाचनमा खटिएका कर्मचारीहरूसँग कुराकानी गर्दै मतदानको वातावरणबारे जानकारी लिए।

निरीक्षणपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले मधेसको चुनावी अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताए। उनले यस निर्वाचन क्षेत्रको चुनावी अभियानका क्रममा आफूले मधेसको माटो र मानिसलाई नजिकबाट चिन्ने मौका पाएको उल्लेख गरे। थापाले यसअघि नै मधेसको बसाइले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ