arrow

एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवलबाट गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
bushnupoudels.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले आज बिहानै आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ७ः०५ बजे मतदान गरेका हुन्।

मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिन र शान्तिपूर्ण एवं निष्पक्ष रूपमा सम्पन्न गर्न सबैलाई आह्वान गरे। उनले मतदाताहरूको उत्साहजनक सहभागिताले मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने विश्वास समेत व्यक्त गरे।

रुपन्देही क्षेत्र नं. २ मा पौडेल र अन्य प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएकाले यस क्षेत्रको मतदानलाई सुरक्षा र व्यवस्थापनको दृष्टिले विशेष निगरानीमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ