arrow

नेपाली सेनाले भन्यो – एकीकृत सुरक्षा योजना अनुसार सेना परिचालित छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
nepal-army-logo.jpg.jpeg

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका साथ निर्वाचन सुरक्षासम्बन्धी कार्य गरिरहेको स्पष्ट पारेको छ । 

सेनाद्वारा आज जारी एक अपीलमा आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालित भइरहेको जनाइएको छ । 

निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकाय एकीकृत र समन्वयात्मक ढङ्गले कार्य गरिरहेको अवस्थामा प्रसारित अतिरञ्जित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको सेनाले जनाएको छ ।

सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनामा विश्वास नगर्न र नगराउन जनसमुदायमा सेनाले अपील गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ