arrow

मतदानको दिन पानी पर्दैनः मौसम विभाग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २० बुधबार
barun-poudel-mausambid.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन फागुन २१ गते देशभरको मौसम सफा रहने जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् ।

उनले तथ्यांकमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक मौसम पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको बताए ।

लामो समयदेखि वर्षा नभएकाले पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल पानी पर्ने वा हिमपात हुने सम्भावना नरहेको उनले बताए ।

उनका अनुसार मतदानको दिन बिहीबार वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुन सक्छ । पहाडी क्षेत्रमा बादल लागे पनि आत्तिनु नपर्ने उनले स्पष्ट पारे ।

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘निर्वाचनलाई लक्षित गरेर हामीले विशेष बुलेटिन जारी गरिरहेका छौं । एक हप्ता अघिदेखि नै नियमित अपडेट दिइरहेका छौँ । हाम्रो पूर्वानुमानअनुसार निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन । मतदानको दिन मौसम सामान्यतया राम्रो रहनेछ । वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुन सक्छ । लामो समयदेखि वर्षा नभएकाले तुवाँलो देखिएको छ । तर निर्वाचन प्रभावित हुने गरी वर्षा, भारी वर्षा वा हिमपातको सम्भावना छैन । केही ठाउँमा हावा चल्न सक्छ, त्यसका लागि मतदान स्थलमा टेन्ट मजबुत बनाउन सकिन्छ । त्यसबाहेक वर्षा वा हिमपातको सम्भावना छैन । मौसम सफा नै रहनेछ ।’

आउँदो शनिबारसम्म देशभरको मौसम सामान्यतया सफा नै रहने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ