काठमाडौँ । स्पेनिश लिग फुटबलमा रियाल मड्रिड पराजित भएको छ । रियाललाई गेटाफेले रियालकै मैदानमा पराजित गरेको हो । गेटाफे १–० ले विजयी भयो । मार्टिन साट्रियानोले खेलको ३९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
खेलको अन्तिम इन्जुरी समयमा रियालका फ्रान्को मास्टान्ट्युनोले रातो कार्ड खाएका थिए । त्यसलगत्तै गेटाफेका एड्रियन लिसोले दोहोरो पहेँलो कार्ड खाएर बाहिरिनु परेको थियो ।
यो हारले रियाल मड्रिडले बार्सिलोनासँगको अंक दूरी बढाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको २६ खेलबाट ६४ अंक छ भने रियाल मड्रिडको ६० अंक छ । तेस्रो स्थानको एथलेटिको मड्रिड र भिल्लारियलको समान ५१ अंक रहेको छ ।
मयोर्का, लेभान्ते र रियाल ओभिडिओ रेलिगेशन क्षेत्रमा रहेका छन् ।