गुल्मी २ का भुवन श्रेष्ठ प्रेरणादायी र संघर्षशील व्यक्तित्व
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
904
Shares
तम्घास । लोकतान्त्रिक निष्ठावान र सामाजिक कार्यमा समर्पित व्यक्तित्व हुन् भुवनप्रसाद श्रेष्ठ । तिनै श्रेष्ठ अहिले नेपाली कांग्रेसका गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।
विद्यार्थी राजनीतिदेखि जिल्ला सभापतिसम्मको लामो यात्रा र पञ्चायत विरोधी आन्दोलनममा श्रेष्ठको सक्रियतालाई प्रस्ट्याउँछ । उनले दुई पटक स्थानीय निकायको नेतृत्व सम्हाल्दै पूर्वाधार विकास, खानेपानी परियोजना र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानलाई विशेष प्राथमिकता दिए काम गरेका थिए ।
लुम्बिनी प्रदेशको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका यी नेताको लोकतान्त्रिक निष्ठा र सामाजिक कार्यप्रतिको समर्पणलाई उजागर गरेको छ । नेपाली कांग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं २ मा अहिले चुनावी प्रतिस्पर्धामा रहेका श्रेष्ठको राजनीतिक यात्रा प्रेरणादायी र संघर्षपूर्ण रहेको छ । दशकौँ लामो राजनीतिक यात्रा र सामाजिक सेवाप्रतिको समर्पणले उनलाई एक स्थापित र विकासप्रेमी नेताका रूपमा उभ्याएको छ ।
राजनीतिक यात्रा
राजनीतिक यात्रा र पदीय जिम्मेवारी उनको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै शुरू भएको छ । ०४७ सालमा नेपाल विद्यार्थी संघ, गुल्मीको जिल्ला सचिव भएर सांगठनिक जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले २०५४ सालमा तरुण दल गुल्मीको संस्थापक अध्यक्षका रूपमा युवालाई संगठित गरेका थिए ।
पार्टीमा उनको निरन्तरको सक्रियता र इमानदारीकै कारण ०७३ सालमा नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टी सभापति जस्तो गरिमामय जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका छन् ।
लोकतन्त्रका लागि संघर्ष र आन्दोलन लोकतन्त्र प्राप्तिको मार्गमा उनले थुप्रै कठिन मोड पार गर्दै आएका छन् । उनले पञ्चायत विरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाए र सोही क्रममा १९ दिनसम्म प्रहरी हिरासतमा बस्दै लोकतन्त्रका लागि कठोर संघर्ष गरेका थिए ।
साथै जनभावनाको कदर गर्दै उनले अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको सफल नेतृत्वसमेत गरेका थिए । विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा उनको भूमिका सधैँ अग्रसर र निर्णायक रहँदै आएको छ ।
स्थानीय सरकार र विकासका पहल राजनीतिलाई सेवाको माध्यम बनाउनु पर्छ भन्ने मान्यता राख्ने श्रेष्ठले स्थानीय तहमा पनि सफल नेतृत्व प्रदान गरेका छन् । उनकै कार्यकाल र पहलमा गुल्मीमा पहिलो पटक लिफ्टिङ खानेपानी योजना भित्रिएको थियो ।
जसले स्थानीयको खानेपानी समस्या समाधानमा कोशेढुङ्गा सावित गर्यो । सामाजिक उत्तरदायित्व राजनीति बाहेक उनले विद्यालय, खानेपानी तथा अन्य थुप्रै सामाजिक संघ–संस्थाको नेतृत्व गर्दै स्थानीय पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
स्थानीय स्तरमा विकास निर्माणका कार्यहरूलाई तीव्रता दिन र सामाजिक चेतना फैलाउन उनको भूमिका सधैँ प्रशंसनीय रहँदै आएको छ ।
राजनीतिक निष्ठा, आन्दोलनको अनुभव र विकासको स्पष्ट भिजन भएका उनी गुल्मीको समग्र समृद्धिका लागि एक दरिलो र भरपर्दो खम्बा हुन् ।
अखण्ड लुम्बिनी प्रदेश आन्दोलनमा उनको भूमिका अत्यन्तै महत्वपूर्ण र निर्णायक रहेको थियो । यसअघि उनले अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको सफल नेतृत्व गरेको थियो । उनको यो नेतृत्वदायी भूमिका लामो राजनीतिक र सामाजिक संघर्षको निरन्तरता हो ।
विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा निरन्तर अग्रसर भूमिका खेल्दै आएका उनले जनभावनाको कदर गर्दै यस आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउन मुख्य भूमिका निर्वाह गरेका थिए । नेपाल विद्यार्थी संघबाट शुरू भएको उनको राजनीतिक यात्रा निकै सवल, संघर्षपूर्ण र जिम्मेवारीपूर्ण देखिन्छ ।
संगठनप्रतिको निष्ठाकै कारण उनले ०७३ सालमा नेपाली कांग्रेस, गुल्मी जिल्ला पार्टी सभापति जस्तो गरिमामय पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् । आन्दोलन र संघर्षः विद्यार्थी जीवनदेखि नै उनी लोकतन्त्रका लागि प्रतिबद्ध छन् । पञ्चायत विरोधी आन्दोलनमा सक्रिय सहभागी हुँदा उनले विकास र सामाजिक सेवा यात्रा केवल राजनीतिमा मात्र सीमित नरही सामाजिक सेवा र विकासमा पनि केन्द्रित रहेका छन् ।
गुल्मीमा पहिलो पटक लिफ्टिङ खानेपानी योजना भित्र्याउन उनले विशेष पहल गरेका थिए भने विभिन्न विद्यालय र सामाजिक संघ–संस्थाहरूको नेतृत्व गर्दै स्थानीय पूर्वाधार निर्माणमा अग्रसर भूमिका खेलेका थिए ।
नेपाल विद्यार्थी संघको जिल्ला सचिवबाट शुरू भएको उनको यात्राले पार्टी नेतृत्व, स्थानीय सरकारको अनुभव र जनआन्दोलनको मोर्चा सम्हाल्दै एक स्थापित नेताको रूप धारणा गरेको देखिन्छ ।
गुल्मी २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । नेपाली कांग्रेसका तर्फबाट गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठले भिजन टेन’ नामक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन केन्द्रित विकास योजनासहित आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा देशलाई समुन्नतितर्फ लैजान दश मुख्य क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।
तीमध्ये शिक्षा सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, रोजगारी सिर्जना, उद्यमशीलता विकास, वन तथा वातावरण संरक्षण, पूर्वाधार विस्तार, कृषि तथा सिँचाइ सुधार, सुशासन, दलित तथा अल्पसंख्यक सशक्तिकरण र समावेशी सामाजिक विकास रहेका छन् ।
श्रेष्ठले प्रभावकारी र परिणाममुखी शासन प्रणालीमार्फत विकासको गति र गुणस्तर बढाउने लक्ष्यसहित चुनावी घरदैलो अभियानमा छन् ।
कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद तथा यातायात क्षेत्रलाई आधुनिक बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।
अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने, प्रविधिमैत्री अर्थतन्त्र निर्माण गर्ने तथा जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने नीति पनि कार्यक्रममा समेटिएका छन् ।
श्रेष्ठले लोकतन्त्रलाई जनमुखी बनाउँदै सबै जात, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने धारणा व्यक्त गरेका छन् ।
उनले समुन्नत, सक्षम र सम्मानित नागरिक सहितको सशक्त नेपाल निर्माण आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।