arrow

मौन अवधिअघि दोलखामा एमाले र नेकपा त्यागेर थुप्रै अगुवा कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
chemawati-ss.jpg

दोलखा । प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा दोलखामा नेपाली कांग्रेसले आफ्नो पकड बलियो बनाउँदै लगेको छ। यसै क्रममा सोमबार भीमेश्वर नगरपालिका वडा नम्बर १, सुस्पा क्षमावतीमा आयोजित एक कार्यक्रमबीच नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपासहित विभिन्न पार्टी  परित्याग गरी थुप्रै अगुवा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्  ।

नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीको गृहगाउँ क्षेमावतीबाट नारायण थामी, रामजी थामी, अशोक थामी, हेमराज थामी र अर्जुन थामी विधिवत् रूपमा कांग्रेसमा प्रवेश गरेका हुन्। त्यसैगरी बाइले थामी, सुनिल थामी, किशोर थामी, सन्त बहादुर थामी, ठोम्बे थामी, सुकवीर थामी, सर्केनी थामी, कुमारी थामी, रमिला थामी, बेलमती थामी, सीता थामी र नेहा थामीले पनि 'रूख' चिह्न रोज्दै कांग्रेसको सदस्यता लिएका छन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार शिवाकोटीले नयाँ सदस्यहरूको आगमनले पार्टीलाई थप ऊर्जा र शक्ति प्रदान गरेको बताए। उनले सबैलाई समेटेर विकास र समृद्धिको साझा अभियानमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कांग्रेसको लोकतान्त्रिक विचार र शिवाकोटीको कार्यशैलीबाट प्रभावित भएर आफूहरू यो अभियानमा जोडिएको नवप्रवेशीहरूले बताएका छन्। अजयबाबु शिवाकोटीको स्वच्छ छवि, भ्रष्टाचार विरोधी अडान र तार्किक व्यक्तित्वका कारण दोलखाका विभिन्न स्थानीय तहमा अन्य पार्टीका कार्यकर्ताहरू कांग्रेसमा आकर्षित हुने क्रम बढ्दो छ।

वर्षौँदेखिको पार्टी साइनो तोडेर कांग्रेस रोज्नेहरूले लोकतन्त्र रक्षा र दोलखाको समग्र विकासका लागि शिवाकोटी जस्तो जुझारु र स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ