म पश्चिम नवलपरासीवासी हुँ भन्दा गर्व लाग्छ : विनोद चौधरी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
629
Shares
नवलपरासी। नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले अघिल्लो निर्वाचनको परिस्थितिलाई स्मरण गर्दै आफूमाथि लगाइएका निधार आरोप हरुलाई जनताको को विश्वासले परिवर्तन गरिदिएको बताएका छन् ।तत्कालीन समयमा आफूलाई विभिन्न संज्ञा दिइएको ले कठिन मोडमा समेत जनताको साथले आफू निर्वाचित भएको उनले बताए ।बर्दघाट नगरपालिका ७ जिमिरेभारमा आयोजित कोण सभामा बोल्दै उनले आफू अहिले यहीँको बासिन्दा भएको भन्न पाउँदा गर्भको अनुभूति हुने बताए।
कठिन मोडमा समेत आफूलाई विश्वास गरेर जनताको घरदैलोमा पुर्याइदा त्यो समयले एउटा उम्मेदवारको कथा मात्रै नभै यो क्षेत्र नै विश्वमा चिनिएको उनको भनाई थियो। आफू सामुदायिक स्कुलमा पढेर विद्यार्थी जीवन सुरु गरेको स्मरण गर्दै यहाँका नागरिक सँग घुलमिल हुन कुनै लघुताभास नरहेको उनले स्पष्ट पारे। "म चटाईमा बसेको छु,खटियामा बसेको छु,चोक चौतारीमा बसेको छु जस्तो परिस्थितिमा पनि म घुलमिल हुन सक्छु भन्ने मलाई लाग्छ,यी कुराका अघि प्राइभेट जेटले पनि महत्त्व राख्दैनन्,म अझै पनि भुईँमै त्यतिकै सन्तुष्टिका साथ बस्न सक्छु" उनले भने। सोही कारण केही विकृत मानसिकताले लगाएको निधार आरोपहरू चिर्न आफू सफल भएको उनले बताए।
यो क्षेत्रसँग जोडिदा आफूलाई ठूलो जिम्मेवारी बोध भएको उल्लेख गर्दै उनले समग्र क्षेत्रको विकासलाई डोल्याउन आफू सफल हुने विश्वास व्यक्त गरे। गरिएका राम्रा कामहरूबाट आफ्नो राजनीति ओझेल पर्ने त्रासले विभिन्न लाल्छ्नाहरु लगाउने खेल सुरु भएको भन्दै उनले त्यस्ता भ्रमहरूमा नपरी गगन थापाको नेतृत्वमा बदलिएको काङ्ग्रेसलाई मतदान गर्न आग्रह गरे।"अझै धेरै काम गर्न बाकी छ विगतका दिनमा केही सीमाहरू रहे अब बाकी रहेका अधुरा विकास निर्माणलाई अघि बढाउनु छ,छेक्ने हरू आउँछन् तर त्यसलाई चिर्दै अघि बढ्नु छ,मैले जानेकै यही हो" चौधरीले भने। आफूले नवलपुरमा औद्योगिक ग्राम र शाश्वत धाम बनाएको उल्लेख गर्दै अबको जिम्मेवारी यो क्षेत्रका लागि रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव कुलदिप आचार्यले विगतका दिनमा पार्टी एक नभएको परिस्थितिमा उम्मेदवार चौधरीको क्षमता र दक्षताको उचित सदुपयोग हुन नसकेकाले अबको निर्वाचनमा चौधरीलाई विजयी गराई विकासको ढोका खोल्न आग्रह गरे। अहिले सिङ्गो पार्टी एक ढिक्का भएको र कुनै गुट उपगुट नरहेकाले पनि काङ्ग्रेसको नेतृत्वमा समृद्ध नवलपरासीको खाका बोकेर चुनावी मैदानमा होमिएको उनले बताए।