arrow

नवलपरासी मेरो घर हो,यहीँ उद्योग खुल्छ,रोजगारी सिर्जना हुन्छ: विनोद चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
binod-chaudhary-election-campagin-feb-2026.jpg

नवलपरासी ।नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर एकका उम्मेदवार विनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टी भित्रै विद्रोह गर्नु निकै चुनौतीको अवस्था रहेको बताए ।विगत 30 वर्षको अवधिमा ओटा सरकार बनीपने अस्थिर सरकारले जनतालाई न्याय दिवस नसकेको उनले बताए ।

चुनाव प्रचार प्रसारका क्रममा आज प्रतापपुर र सुस्ता पुगेका चौधरीले कोण सभामा बोल्दै अस्थिर सरकारका कारण नागरिकको निराशा जेनजी आन्दोलनमा परिणत भएको बताए ।आज लाखौँ युवा बिदेसिनु पर्दा दिनहुँ जसो तिनका आमाबुबाका आँखामा आँसु हुने गरेको बताउँदै उनले यही नै लघु उद्यमको विकास गरी रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए ।"हरेक युवालाई सपना देख्ने अधिकार छ,स्थानीय स्तरमै रोजगारीको अवसर पाउनु पर्ने अधिकार छ,त्यो वातावरण हामीले बनाउँछौ,बदलिएको काङ्ग्रेसले बनाउँछ"उनले भने ।

देशमा देखिएका विद्यमान सबै समस्याको हल गर्नका लागि नै काङ्ग्रेसले नेतृत्व बदलेर जनतामाझ आएको उनले बताए ।

पछिल्लो समय आफ्ना बारे समाजमा भ्रम छर्ने र नकारात्मक हलल्लाहु फिजाई विचलित पार्ने प्रयासहरू भइरहेकाले त्यस्ता भ्रममा नपरी हरेक नागरिक आफू सँग जोडिन सक्ने,प्रश्न गर्न सक्ने वातावरण आफूले बनाएको चौधरीले बताए ।मतदाताहरूलाई नकारात्मक हल्लाको पछाडि नलाग्न सहित उनले आग्रह गरे ।

केराको चिप्स उद्योगको विषयलाई के लिएर राजनीति रूपमा रोटी सेक्न खोजिएको बताउँदै उनले निकट भविष्यमै उद्योग स्थापना हुने दाबी गरे।"जुन क्षेत्रलाई मैले आफ्नो घर थानेको छ र विदेशमा सहित उद्योग कलकारखाना खोल्ने उद्योगीले आफ्नो क्षेत्रमा अवश्य पनि उद्योग खोल्छ,रोजगारी दिन्छ,ढुक्क हुनुस्"उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ