arrow

विनोद चौधरीलाई जेन-जीको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
genz-binod-chaudhary.jpg

नवलपरासी । नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का आम जेन-जी पुस्ताका युवाहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार विनोद चौधरीलाई समर्थन गर्ने जनाएका छन् ।

विभिन्न स्थानका युवाले सार्वजनिक रुपमा आफ्नो धारणा व्यक्त गर्दै चौधरीलाई पुनः निर्वाचित गराउन आग्रह गरेका हुन्।

यस क्षेत्रका युवाहरूले विनोद चौधरीको समर्थनमा र्याली आयोजना गरी चौधरीको पक्षमा भोट दिन सम्पूर्ण पश्चिम नवलपरासीवासीलाई अपील समेत गरेका छन्।

स्थानीय युवा विद्या चौधरीले यस क्षेत्रमा युवामैत्री कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताइन्।

उनका अनुसार सीजी फाउन्डेसनमार्फत सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिमका कारण क्षेत्रका सयौँ युवा स्वरोजगार बन्न सफल भएका छन्।

‘युवालाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ, त्यसका लागि हाम्रो समर्थन विनोद चौधरीलाई हो,’ उनले भनिन्।

सुस्ता क्षेत्रकी दिव्या हरिजनले चौधरी युवाका लागि प्रेरणाको स्रोत भएको बताइन्।

उनले देशव्यापी रुपमा रोजगारी सिर्जनामा चौधरीको योगदान उल्लेख गर्दै सक्षम र अनुभवी व्यक्तित्व राजनीतिमा आवश्यक रहेको धारणा राखिन्।

‘देशभर रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व राजनीतिमा आउनु सकारात्मक सन्देश हो,’ उनले भनिन्।

बर्दघाटकी मनिषा महर्जनले पनि युवाको आकांक्षा सम्बोधन गर्न सक्ने उम्मेद्वारको रुपमा चौधरीलाई अघि सारेकी छन्।

‘उहाँ युवाहरूको आइकन हुनुहुन्छ। निजी क्षेत्रको दक्षता अब विकासमा प्रयोग गर्न दिनुपर्छ,’ उनले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ