दोलखामा जसपालाई झड्काः वडा कार्यसमिति अध्यक्षसहित २३ जना कांग्रेसमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
760
Shares
दोलखा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखामा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा कालिन्चोक गाउँपालिका वडा नं. ९ का जनता समाजवादी पार्टी (जसपा) वडा कार्यसमिति अध्यक्ष सुखवीर थामीसहित २३ जनाले जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन्।
कांग्रेस प्रवेश गर्नेहरूमा सुखवीर थामी, गोमा थामी, मिना थामी, निशा थामी, कालिका थामी, सुशीला थामी, कमला थामी, गंगा थामी, सुखाया थामी, भुन्डुलुङ थामी, रुपमाया थामी, कान्छी थामी, बुधमाया थामी, सुस्मा थामी, बिमाया थामी, सन्तमाया थामी, अमृत थामी, रमा थामी, धनमाया थामी, सृजना थामी, फागुनी थामी, तुलसी थामी र कविता थामी रहेका छन् ।
उनीहरूलाई नेपाली कांग्रेस दोलखाका जिल्ला कार्यसमिति सदस्य कवीराज थामीले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे।
यसअघि नानु थामीसँगै जसपाका जिल्ला सचिव सुशिला थामी, सम्पर्क समिति अध्यक्ष गणेश थामी र तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की पनि कांग्रेसमा प्रवेश गरेका थिए । प्रभावशाली नेताहरूको यो प्रवेशसँगै दोलखाको थामी समुदायको ठुलो हिस्सा अब कांग्रेसको पक्षमा उभिने देखिएको छ।
पार्टी प्रवेशपछि नेताहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले शिवाकोटी जस्तो भ्रष्टाचार विरोधी र बौद्धिक व्यक्तित्वलाई विजयी गराउन अपील गरेका छन्।