नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न सकेका छैनन् : श्रीराम गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
685
Shares
काठमाडौँ । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेद्वार श्रीराम गुरुङले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार बूढानीलकण्ठमा आयोजित आमसभालाई सम्बोधन गर्दै गुरुङले नेपाल प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न राष्ट्र भए पनि नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘हाम्रो देश प्रकृतिले धनी देश हो । हाम्रो देश सम्भावनाले भरिएको देश हो। तर अझै पनि हामी चिल्लो भाषणलाई र आफूले आफूलाई रोजगारी दिन नसकेको, जहिले बेरोजगार रहने व्यक्तिलाई नेता मानेर हिँडिरहेका छौँ ।’
गुरुङले नीति निर्माण गर्ने सर्वोच्च निकायको गरिमा जोगाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसलाई खेलौनाको रूपमा प्रयोग गर्न नहुने बताए ।
‘हाम्रो नीति निर्माण गर्ने, हाम्रो भाइबहिनीहरूको भविष्य निर्माण गर्ने सर्वोच्च स्थानलाई आज खेलौनाको रूपमा परिणत गरिँदैछ,’उनले भने ।
उनले मतदातालाई सही नेतृत्व चयन गरेर देशको विकास र समृद्धिका लागि अग्रसर हुन आग्रह गरे ।