arrow

दुर्गा प्रसाईं थुनामै, छुटे कट्टेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
durga-prasai-arrest-jail.jpg
तस्बिर : फाइल

काठमाडौँ । सर्वोच्च अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमै राख्न आदेश दिएको छ । निर्वाचन बिथोल्ने प्रयासमा संलग्न भएको आशङ्कामा प्रहरीले गत फागुन ४ गते पक्राउ गरेको थियो ।

उनले गत फागुन ८ गतेदेखि नेपाल बन्द गर्ने धम्की दिएका थिए । उनी पटक पटक यस्ता घृणित र उश्रृंखल गतिविधिमा संलग्न हुँदै आएको आरोप छ । 

उनकै कारण गत वर्षको चैत १५ गते राप्रपासँगै राजावादीको आन्दोलनमा काठमाडौँको तीनकुनेमा अप्रिय घटना भएको थियो । प्रसाईं भने भागेर भारतमा लुकेका थिए । 

पछि भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले नेपाल ल्याएको थियो । पटक पटक हिरासतमा रहे पनि उनले मुलुकलाई अस्थिर बनाउन भूमिका खेलिरहेको प्रहरीले बताउँदै आएको छ । 

गत भदौ २४ गतेको विध्वंशमा पनि उनको ठूलो हात रहेको आरोप छ । यद्यपि अहिलेसम्म भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगले प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । 

यता सर्वोच्चले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ ।

 न्याधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले मंगलबार बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको हो ।

प्रहरीले निर्वाचन बिथोल्न प्रयास गर्ने आशङ्कामा कट्टेललाई गत फागुन ६ गते पक्राउ गरेको थियो ।

    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ