भारतमा चार वर्षदेखि बन्धक भएकी नेपाली किशोरीको उद्धार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
676
Shares
काठमाडौँ। भारत हिमाञ्चल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् ।
नेपाली दूताबास दिल्लीमा आएको निवेदनका आधारमा कीन इन्डिया बाल कल्याण समिति र हिमाञ्चल प्रहरीको टिमले चार बर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको कीन इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिए ।
उनका अनुसार दुई महिनाको प्रयासपछि किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने बताइएको छ।