एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई अपोलो हस्पिटलमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
552
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारतबीच यस बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैङ्कको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश राएनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई अपोलो हस्पिटलमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुटवल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्।
यस बैङ्कका ग्राहकहरूले बिरामी कोठा शुल्क, निवारक स्वास्थ्य जाँच प्याकेज र सहभागीहरूको स्वास्थ्य जाँच सेवाहरूमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिने र बहिरङ्गी बिरामीको जाँचमा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ। साथै, नि:शुल्क दर्ता शुल्क, अन्तर्राष्ट्रिय बिरामी लाउन्जमा पहुँच जस्ता सुविधाहरू समेत उपलब्ध हुने बैङ्कले जनाएको छ।
यसै गरी काठमाडौँ स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत अपइन्टमेन्ट लिने बैङ्कका ग्राहकहरूलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटेल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ।
उक्त सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैङ्कले विश्वास लिएको छ।