arrow

गगन-विश्वप्रकाश पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
Gagan-bishwoprakash.jpg

पोखरा । नेपाली कांग्रेसले फागुन १५ गते शुक्रबार पोखरामा चुनावी सभा गर्ने भएको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन गरेको छ ।

सभालाई नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्नेछन्।

कार्यक्रमका लागि नेपाली कांग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित समितिको सदस्यमा माया बराल क्षेत्री, दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीनमध्ये क्षेत्र नं १ मा तिलक रानाभाट, क्षेत्र नं २ मा माधव प्रसाद बास्तोला मधु र क्षेत्र नं ३ मा मनोज गुरुङ र समानुपातिकतर्फ आईबहादुर गुरुङ उम्मेद्वार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ