सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
617
Shares
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार पाँच सय कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
जारी शेयरमध्ये ७७ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् ।
साथै, ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर (प्रति कित्ता सय रुपैयाँ अंकित दर) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ ।